नेकपा एमालेको कंलकीमा बन्ने भवनको भोली शिलान्यास

साझा प्रेस
1.3k
Shares

नेकपा एमालेको स्थायी भवन भोलि शुक्रबार शिलान्यास हुने भएको छ ।

२०७२ सालमा भुकम्पले नेकपा एमाले, केन्द्रीय कार्यालयको बल्खुस्थित आफ्नै भवन क्षतिग्रस्त भएपश्चात बिभिन्न स्थानमा भाडामा बस्दै आएको पार्टीले स्थायी भवन नयाँ ठाउँमा बनाउने भएको हो ।

बिहीबार बसेको नेकपा एमालेको विशेष सचिवालय बैठकले पार्टीको भवन कीर्तिपुर नगरपालिका वडा–२ मा मदन भण्डारी स्मृति भवनको नाममा बनाउने तथा भोली शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शेर्मा ओलीले शिलान्याश गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय तुलसीलाल स्मृति प्रतिष्ठानको भवन, च्यासलमा भाडामा लिई पार्टी कार्यालय संचालन गर्दै आएको एमालेको कार्यालयमा बाढीपहिरोले समस्यामा पारेपछि स्थायी रुपमा नेकपा एमाले कार्यालय नयाँ स्थानमा स्थाई रुपमा बनाउने एमालेले निर्णय लिएको हो ।

उपसचिव ज्ञवालीका अनुसार भोलि १२ बजेर १५ मिनेटमा एमालेले काठमाडौँ कलंकी–तीनथाना नजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवनको शिलान्याश हुनेछ ।