कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पाले नयाँ कीर्तिमानी कायम गर्ने क्रममा ८ हजार मिटरभन्दा माथिका विश्वका १४ वटा हिमालको सफल आरोहण गरेकी छिन् ।
योसँगै याङजुम १४ वटा हिमालको सफल अरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।
दोलखामा जन्मेकी याङजुमले बुधबार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन् ।
२२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी उनले अहिलेसम्म सगरमाथा चार पटक सफल आरोहण गरिसकेकी छिन् ।
प्रतिक्रिया