प्रतिनिधिसभा सभामुखका निम्ति शुक्रबार (चैत २०) उमेदवारी दर्ताको समय दिइएको छ । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार (चैत २२)मा निर्वाचन हुनेछ ।
तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ । संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ । दिउँसो २:३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ ।
सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ । अल्पमतमा रहेका अरु दलले सभामुखको उमेदवारबारे धारणा सार्वजनिक गरिसकेका छैनन् ।

प्रतिक्रिया