नेप्से १३.५१ अंकले बढ्यो, कारोबार रकम घट्यो


अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सुधारिएको छ। NEPSE Index आज १३ दशमलव ५१ अंकले बढेर २ हजार ८१२ दशमलव ३४ विन्दुमा पुगेको छ।

आजको कारोबारमा बैंक, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड समूहबाहेक अन्य अधिकांश समूह घटेका छन्। बजारमा मिश्रित अवस्था देखिँदा १३२ वटा कम्पनीका शेयर मूल्य बढेका छन् भने ११३ वटाको घटेको छ। १७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

आज रिलाइन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इन को शेयर मूल्य १० प्रतिशतले बढेको छ।

यता एनआईसी एशिया ग्रोथ फन्ड–२ को शेयर मूल्य भने सबैभन्दा धेरै ४ दशमलव ७४ प्रतिशतले घटेको छ।

आज नेप्से सूचक बढे पनि कारोबार रकम भने घटेको छ। हिजो १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३४० कम्पनीका ३ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ।

विश्लेषकहरूका अनुसार बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किएको छैन।