प्रतिनिधिसभामा अब ६ दल रहने भएका छन् । यही फागुन २१ मा भएको प्रत्यक्ष र समानुपातिक मतगणनापछि प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । रास्वपाको प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सहित १८२ सांसद रहने छन् । त्यस्तै, नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद रहने छन् ।
नेकपा एमालेको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट रहनेछ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ९ गरी १७ सांसद संसद्मा रहने छन् ।
श्रम संस्कृति पार्टीको प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार गरी सात सांसद रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी पाँच सांसद रहने छन् । त्यस्तै, स्वतन्त्र एक सांसद रहने छन् ।

प्रतिक्रिया