पश्चिम एसियामा जारी संकटका बीच ‘अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी’ले ३२ सदस्य राष्ट्रहरूको आपत्कालीन भण्डारबाट ४०० मिलियन ब्यारेल (४० करोड ब्यारेल) तेल बाहिर ल्याउने घोषणा गरेको छ । यसको उद्देश्य वैश्विक तेल बजारमा आएको आपूर्ति अवरोध हटाउनु भएको बताइएको छ ।
यो आपत्कालीन तेल भण्डार प्रत्येक सदस्य राष्ट्रको परिस्थितिअनुसार तोकिएको समयसीमाभित्र बजारमा उपलब्ध गराइने बताइएको छ । यसबाहेक, केही देशहरूले यस कदमका साथै थप आपत्कालीन उपायहरू पनि लागु गर्नेछन् ।

प्रतिक्रिया