“150 years of enabling communication and empowering peoples across nations” नारा सहित आज विश्व हुलाक दिवस मनाईदै छ । स्विस राजधानी बर्नमा सन् १८७४ मा विश्व हुलाक संघको स्थापना भएको दिनलाई स्मरण गर्दै हरेक बर्ष अक्टोवर ९ मा यो दिवस मनाईने गरेको छ ।
हुलाक सेवाले सञ्चार सेवाको प्रारुपलाई विस्तार गर्दै हालको आधुनिक प्रविधिको युगसम्म आईपुग्न मद्धत गरेको छ । सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गर्ने औपचारीक घोषणा गरिएको थियो ।
हुलाक सेवाको शुरुवात भएपश्चात नेपालमा पनि सञ्चार प्रणालि सहज भएको थियो । विगतमा छरिएर रहेका मानिसहरुका बिच सुचना आदानप्रदान गर्ने माध्यमका रुपमा शुरु भएको हुलाक सेवामा धेरैजना हुलाकीहरुले आफ्नो जीवनकाल नै विताएका छन् । आज उनीहरूको सम्झना गर्ने दिन पनि हो ।
प्रविधिको युगमा प्रवेश गरेसँगै हुलाकबाट प्रवाह हुने सेवामा पनि सुधारको प्रयास भएका छन् । हुलाक सेवालाई प्रविधिमैत्री बनाउन केही सामान्य कार्य भएपनि प्रभावकारी हुन नसकेको जानकारहरु बताउँछन् । हाल नेपालमा सञ्चार क्षेत्रको धेरैजसो स्थानिय तहमा हुने कार्य हुलाक कार्यालय मार्फत हुने गरेको छ ।
प्रतिक्रिया