दोलखाको तामाकोशी गाउँपालिकामा नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता भेला आयोजना गर्दै आफ्नो संगठनात्मक शक्ति देखाएको छ ।
करिब एक हजारभन्दा बढी नेता–कार्यकर्ताको सहभागिता रहेको उक्त भेलाले एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउने साझा प्रतिबद्धता व्यक्त गरेको छ । भेलामा बोल्दै तामाकोशी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य राजकुमार केसीले आगामी निर्वाचनमा नेकपा एमालेमा मतदान गर्दै पार्वत गुरुङलाई जिताउने स्पष्ट घोषणा गर्नुभयो।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य उर्मिला सुनुवार, दोलखा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, जिल्ला सचिवालय सदस्य तथा युवा नेता धिरज सुवेदी लगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता धिरज सुवेदीले दोलखाको विकास नेकपा एमालेकै नेतृत्वमा सम्भव भएको र आगामी दिनमा पनि एमालेले नै जिल्लालाई समृद्धिको दिशामा अघि बढाउने दाबी गर्नुभयो । उहाँले प्रतिनिधि सभा निर्वाचनमा पार्वत गुरुङ कम्तीमा १० हजार मतको अन्तरले विजयी हुने दाबी समेत गर्नुभयो।
उत्साहपूर्ण वातावरणमा सम्पन्न भेलामा सहभागीहरूले दोलखाको समग्र विकास, स्थायित्व र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए।

प्रतिक्रिया