नेकपा एमाले सोलुखुम्बुले लिखुपिके गाउँपालिकामा सञ्चालन गरेको निर्वाचन प्रचार–प्रसार अभियानको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

पार्टीका अनुसार अभियानको पहिलो दिन माघ २४ गते लिखुपिके गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो दिन माघ २५ गते वडा नम्बर ४ र ५ मा प्रचार अभियान सञ्चालन गरिएको थियो ।
लिखुपिकेमा समग्र कार्यक्रम उत्साहजनक रहेको र मतदाताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय मतदाताहरूको उल्लेख्य सहभागिता र समर्थनले पार्टी थप उत्साहित भएको छ।


अध्यक्ष बास्तोलाले लिखुपिके क्षेत्रमा बाँकी रहेका कार्यक्रमहरू गाउँपालिका कमिटी तथा वडा कमिटीलाई जिम्मेवारी सुम्पिएर अन्य निर्वाचन क्षेत्रमा प्रचार अभियानलाई निरन्तरता दिन निर्वाचन टोली फर्किएको बताउनुभयो।


कार्यक्रम सम्पन्न भएपछि लिखुपिके क्षेत्रका स्थानीयवासीहरू उत्साहित देखिएको उल्लेख गर्दै उनीहरूले मतदानमार्फत नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष बास्तोलाले बताउनुभयो।

लिखुपिकेमा कार्यक्रम सम्पन्न गरेपछि प्रचार–प्रसार टोली सोलुदुधकुण्ड नगरपालिका प्रवेश गरी वडा नम्बर २ जुनबेसीमा पनि कार्यक्रम सम्पन्न गरेको छ। उहाँका अनुसार भोलिदेखि बाँकी स्थानहरूमा तय गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।




प्रतिक्रिया