नेकपा एमाले सोलुखुम्बुले आज लिखुपिके गाउँपालिका वडाहरू १, २, र ३ मा मतदाता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आसन्न फागुन २१ को संसदीय निर्वाचन लक्षित गाउँपालिका स्तरीय अभियानको अङ्गरूपमा विहान ८ बजेदेखि घरदैलो, उम्मेदवार तथा कार्यकर्तासँग भेटघाट लगायतका कार्यक्रम सञ्चालन गरिएको नेकपा एमाले सोलुखुम्बुले जानकारी दिएको छ।

मतदातासँग संवाद गर्दै एमालेका उम्मेदवार कल्पना राईले लिखुपिकेका समस्याहरूलाई सदनसम्म पुर्याउने र कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्दै एमालेलाई जिताउन मतदाता समक्ष आग्रह गरिन् ।
कार्यक्रमको नेतृत्व नेकपा एमाले जिल्ला समिति सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले गरेका थिए । उनले बताएअनुसार, स्थानीय कमिटीले तयार पारेको कार्यक्रम अनुसार अन्य वडामा पनि भोलि कार्यक्रम निरन्तरता दिने योजना रहेको छ ।
अध्यक्ष बास्तोलाको नेतृत्वमा नेकपा एमालेको टोली हाल लिखुपिके गाउँपालिकामा चुनावी अभियानमा सक्रिय छ ।

प्रतिक्रिया