दिगो विकासका लागि स्पष्ट दृष्टिकोण र प्रतिबद्धता:उम्मेदवार राई


शेर्पा लोकतान्त्रिक संघद्वारा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य उम्मेदवार कल्पना राईले जिल्लाको दिगो विकासका लागि स्पष्ट दृष्टिकोण र प्रतिबद्धता रहेको बताएकी छिन्।

उनले सोलुखुम्बुको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि सबै तहबाट साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन्। उम्मेदवार राईले विशेष गरी रोजगारी, पर्यटन प्रवर्द्धन र आधारभूत सेवा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउँदै गाउँसँग जोडिन आग्रह गरिन् । उनले आगामी निर्वाचनलाई जिल्लाको भविष्य निर्माणसँग जोड्दै नागरिकलाई सचेत भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।

कार्यक्रममा उपस्थित नेकपा एमाले सोलुखुम्बुका नेताहरूले संगठन सुदृढीकरण र जनस्तरको सक्रियताले मात्र विकास सम्भव हुने धारणा राख्दै उम्मेदवार कल्पना राईलाई जिताउन आग्रह गरेका थिए।


कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मानवीर राई, राष्ट्रिय सभा सदस्य एवं एमाले नेता सोनाम ग्याल्जेन शेर्पा, पुर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत लगायतका नेताहरूले सम्बोधन गर्दै सोलुखुम्बुको विकासका लागि स्थिर नेतृत्व आवश्यक रहेको बताए।


कार्यक्रमले आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाको राजनीतिक तथा विकास प्रक्रियामा थप सक्रिय बनाउने सन्देश दिएको सहभागीहरूले बताएका छन्।