नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्यको लागि आफू तयार रहेको बताएका छन् । सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकताको लागि समेत तयार रहेको उनले उल्लेख गरेका छन् ।
बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकतामा आउन आग्रह गरेकोप्रति लक्षित गर्दै उनले भने– ‘चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतीहारा मात्र पर्छ ।’
अनेकौँ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनाको केन्द्र भएको उनको दाबी छ ।


प्रतिक्रिया