सुनचाँदीको भाउ आज पनि बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया