कांग्रेसका मुख्यसचिव पौडेलले दिए राजीनामा


नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले राजीनामा दिएका हुन् ।

०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए । नवनिर्वाचित सभापतिलाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि आफुले राजिनामा दिएको पौडेलले बताएका छन् । उनले भने त्योभन्दा बढी म आफ्नो निर्वाचन क्षेत्रमा खट्नुपर्ने भएर हो ।”

उनले सभापति गगन थापा वा अरू कसैले राजीनामा मागेको नभई आफूले स्वविवेकले पद छाडेको बताए ।

गएको पुस ३० गते विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।