कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको बैठक भाेलि केन्द्रीय कार्यालय सानेपामा बस्दै


नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति शुक्रबार केन्द्रीय कार्यालय सानेपामा जाने भएका छन्।

गत पुस ३० गते भएको विशेष महाधिवेशनबाट कांग्रेसको सभापति पदमा गगन थापा निर्वाचित हुनुभएकाे थियाे । थापा नेतृत्वको कार्यसमिति केन्द्रीय कार्यालय सानेपा अहिलेसम्म गएका थिएनन्। दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर पार्टी प्यालेस र होटलहरूमा बसेको थियो। प्रवक्ता देवराज चालिसेले शुक्रबार केन्द्रीय कार्यालय जाने बताउनुभएकाे छ।

सभापति थापासहित सबै जना केन्द्रीय कार्यालय सानेपामा जाने केन्द्रीय समिति बैठक पनि बस्ने उहाँकाे भनाइ थियाे । अधिकांश नेताहरू प्रतिनिधि सभा निर्वाचनका लागि आ-आफ्नो क्षेत्र गइसकेकोले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको उहाँले बताउनुभयाे । प्रवक्ता चालिसेले केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो बस्ने पनि बताउनुभएकाे छ।