सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो


सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।