झापा– २ मा पूर्वसभामुख र उपसभामुख भिड्ने

झापामा रास्वपाले टुङ्ग्यायो उम्मेदवार, ओलीसँग बालेन भिड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ। झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग बालेन शाह प्रतिस्पर्धा गर्ने भएका छन्। क्षेत्र नम्बर २ मा देवराज घिमिरे र इन्दिरा राना मगरबीच प्रतिस्पर्धा हुने भएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन शाह भिड्ने भएका छन् । ओलीसँग भिड्न बालेनले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिइसकेका छन् । 

यस्तै झापा क्षेत्र नम्बर २ मा पूर्व सभामुख देवराज घिमिरे(एमाले)सँग पूर्व उपसभामुख इन्दिरा राना मगर भिड्दै छिन् । 

क्षेत्र नम्बर १ निशा डाँगीलाई रास्वपाले उम्मेदवार बनाएको छ । झापा क्षेत्र नम्बर ३ प्रकाश पाठक र क्षेत्र नम्बर ४ शम्भु ढकाल(सुस्केरा) रास्वपाबाट उम्मेदवार बनेका रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।  

linkedin sharing button