नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष सर्वोच्च अदालत पुगेको छ । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वाच्च अदालत पुगेको हो ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको पूर्वमहान्यायाधीवक्ता खम्बबहादुर खातीले जानकारी दिए । उनका अनुसार देउवापक्षको रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ ।
उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधानविपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।
विशेष महाधिवेशनबाट पद गएपछि देउवा समूहको केन्द्रीय समिति बैठकले निर्वाचन आयोगको निर्णय नमान्ने र सर्वोच्च जाने निर्णय गरेको थियो ।

प्रतिक्रिया