सोलुखुम्बुमा अरिङ्गालले टोकेको १३ दिनपछि एकजनाको मृत्यु भएको छ । जिल्लाको सोताङ गाउँपालिकाका २८ वर्षीय वीरबहादुर राईको अरिङ्गालको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
गत असोज ६ गते अरिङ्गालको टोकाईबाट बिरामी भएका राईलाई स्थानिय स्वास्थ्य चौकीमा उपचार पछि केही स्वस्थ भएपश्चात घर फर्काइएको उनका परिवारले जनाएको छ । तर शनिबार पुनः घाईते राईको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
घर नजिकैको जङगलमा घोचा लिन जानुभएका राईको अरिङ्गालले टोकेको थियो ।
प्रतिक्रिया