हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा २१ सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने आज पनि घटेको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया