सुन तोलामा २ हजार रुपैयाँले घट्यो


हिजो ४ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ ।

आज सुन तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा १ सय रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।