नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार


राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो । नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ । नेकपाले कोशी प्रदेशमा खेमराज सुन्दास,हेमराज घिमिरे,नमिता न्यौपाने, मधेश प्रदेशमा रामनन्दन प्रसाद,लक्ष्मण पौडेल,शम्भु पासवान,समिकुमारी अग्रवाललाइ उम्मेदवार बनाएको छ ।

यस्तै बागमति प्रदेशमा प्रेम प्रसाद सापकोटा,सरोज कुमारी झा,गण्डकी प्रदेशमा कपिल लामालाइ उम्मेदवार बनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा दुर्गा भण्डारी, वृहस्पति अधिकार र सर्जन बिकलाइ उम्मेदवार बनाएको छ । यस्तै कर्णालीमा बुद्धिप्रसाद शर्मा,अन्जु महतरा र सुदूरपश्चिममा टीकाराम जैशी,रोजी बस्नेत सुनारलाइ राष्ट्रियसभाको उम्मेदवार उठाएको हो ।