हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेर थियो ।
यस्तै आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी तोलामा ५५ रुपैयाँले बढेर तोलाको ४ हजार ९ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ।

प्रतिक्रिया