सुनको भाउ आज ताेलामा २ हजार ९ सय रुपैयाँले बढ्यो


पुष १४ गतेदेखि लगातार घटेको सुनचाँदीको भाउ आज बढेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदी ताेलामा १ सय १० रुपैयाँले बढेर  तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।