आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन ल्याउने निश्चित छ ।
आजको युगमा हामी एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ प्रविधिले हाम्रा हरेक बानी परिवर्तन गरिसकेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि पुरातन ढाँचामै अल्झिएको छ । एउटै कोठामा ३०–४० जनाभन्दा बढी विद्यार्थी, एउटै पाठ्यपुस्तक र एउटै गतिमा पढाउने शिक्षक रहने ढाँचा अब असान्दर्भिक भइसकेको छ ।यसैबीच, अमेरिकाको टेक्सासस्थित अल्फा स्कुलले एउटा यस्तो उदाहरण प्रस्तुत गरेको छ, जसले शिक्षण सिकाइ प्रक्रियाको परिभाषा नै बदलिदिएको छ ।
अल्फा �

प्रतिक्रिया