राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै


‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ आज देशभर १३ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदैछ । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।  

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोलोलाई तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाकाटोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित जागरुक युवा अभियान नेपाल द्वारा हरेक वर्ष जनवरी १ मा  नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।