सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घट्यो


आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा एक सय २० रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।