बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । उनका परिवारजन र पार्टी नेताहरूले निधनको पुष्टि गरेका छन् ।
खालिदा जिया विगत केही वर्षदेखि फोक्सोको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, गठिया र आँखाको समस्यासँग लडिरहेकी थिइन् ।
खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई पटक बंगलादेशकी प्रधानमन्त्री भएकी थिइन् । उनी पूर्वराष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन् ।
उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए । उनी यसै महिना बंगलादेश फर्किएका छन् । उनका कान्छा छोरा अराफात रहमानको सन् २०१५ मा हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया