कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिएअनुसार बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२ स्वीकृत गरेको छ। मन्त्री भण्डारीका अनुसार कोशी जनता आवास कार्यक्रम कार्यविधिलाई प्रदेश सरकारको प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय गरिएको छ।
त्यस्तै बैठकले सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि–२०८२ पनि स्वीकृत गरेको उनले बताए। यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आएका सहसचिव नारायणप्रसाद रिसाललाई सोही कार्यालयमा प्रदेश सचिवको रुपमा कामकाजमा खटाउने निर्णय पनि बैठकले गरेको जानकारी मन्त्री भण्डारीले दिए।

प्रतिक्रिया