३ मुख्य दलका नेतालाई राष्ट्रपतिको निम्तो


राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि आमन्त्रण गरेका हुन् ।

शीतलनिवास स्रोतका अनुसार छलफल आज दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
‘राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेताहरूलाई दिउँसो ३ बजे छलफलका लागि बोलाउनुभएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

छलफलको एजेन्डाबारे औपचारिक रूपमा केही खुलाइएको छैन । तर पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने अनुमान गरिएको छ ।