महाधिवेशनको तयारीमा कांग्रेस, क्रियाशील सदस्यता भोलि १२ बजे ‘लक’ हुँदै


नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो १२ बजेसम्मका लागि बढाएको छ। मंसिर मसान्तभित्र प्रक्रिया सक्ने भनिए पनि काम अधुरो रहेपछि समय थप गरिएको हो ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरण प्रणाली भोलि दिउँसो १२ बजे लक गर्ने निर्णय गरेको छ ।

समितिका सदस्य प्रकाश रसाइली स्नेहीले पुस १० गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गरिने जानकारी दिए। त्यसपछि नवीकरण र नयाँ सदस्यता सम्बन्धी सबै विवरण पार्टीलाई बुझाइने उनले बताए ।

कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।