नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित भएका छन् । शनिवार भएको महासंघको २२ औं साधारण सभा तथा नवौं अधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार विजयी हुने विष्णुलाल गिरीले २५७ मत ल्याउँदा अध्यक्षका अर्का उम्मेदवार तुलसीप्रसाद अवस्थीले १८५ मत ल्याएका थिए ।
महासंघको अध्यक्षसहितका सबै नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरु निर्वाचनबाटै चुनिएका छन् ।
प्रथम उपाध्यक्ष दिलिप पुरी,द्धितिय उपाध्यक्ष इश्वरी प्रसाद मरासिनी, सचिव धनन्जय पौडेल, सहसचिव राजन सिवाकोटी, कोषाध्यक्ष गोविन्द पौडेल, लेखा समिति संयोजक निशा सापकोटा र ६ जना खुला सदस्यमा बुद्धि विष्ट, दिपक लामीछाने, मदन ढकाल, रविन्द्र कार्की, सुजन बराल, उद्धव घिमिरे निर्वाचित भएका छन् ।
महासंघमा अघिल्लो अभिवेशनसम्म श्रेष्ठता, सकृयता र कार्यसम्पादनका आधारमा सर्वसम्मतिले प्रथम उपाध्यक्षलाई नै सहमतिमा अध्यक्ष चयन गर्ने अभ्यास थियो । सोही अनुसार आफुलाई अध्यक्षमा उभ्याएका गिरीलाई रोक्न अवस्थिले उम्मेद्वारी दिएपछि निर्वाचन भएको थियो ।
२०७० सालमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौंको सदस्यता लिएका नवनिर्वाचित अध्यक्ष गिरी, २०७५ मा कार्यसमिति सदस्य, २०७७ मा सचिव र २०८० मा भएको अधिवेशनबाट लोकप्रिय मत ल्याएर प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उनि काठमाडौंका सफल पुस्तक व्यवसायी हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि गिरीले सबै व्यवसायीलाई समेटेरसँगै अघि बढ्ने र गुणस्तरीय उत्पादन–मर्यादित ब्यापार, नीति निर्माणमा पहुँच–सांगठनिक आधार भन्ने महासंघको मूल नीति अनुसार नतिजामूलक काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘नेतृत्व चयनको प्रकृयामा निर्वाचन भएपनि सबै व्यवसायीहरुलाई सँगै लिएर साझा उद्देश्य र नतिजामूलक काममा एकतावद्ध भएर अघि बढ्छौं ।’ गिरीले भने ‘त्यसका लागि अध्यक्षका हैसियतले खेल्नुपर्ने भूमिकाम म खेल्छु । मेरो यो कार्यकालमा ऐतिहासिक काम हुन्छ यस अभियानमा सबैको साथ र सहकार्यको अपेक्षा पनि गरेको छु ।’ बजारमा व्यवसायीको हितमा काम गर्ने र सरकारमा समेत आफुहरुका माग लगेर सम्बोधन गराउन पहल र पैरवी गर्ने सम्मका योजना रहेको अध्यक्ष गिरीको भनाई छ ।

प्रतिक्रिया