महिला भलिबलको उपाधि कर्णाली की ललितपुरको ?

साझा प्रेस
1.5k
Shares

कर्णाली र ललितपुर वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उपाधिका लागि भिड्ने भएका छन् ।

शुक्रबार मध्यरातमा सम्पन्न लिगको सेमिफाईनमा कर्णाली यश्विजले काठमाडौं स्पाइकर्सलाई ३–१ ले तथा ललितपुर क्विन्सले चितवनलाई पराजित गरेपछि फाईनल समिकरण पुरा भएको हो ।

दशरथ रंगशालाको कभर्ड हलमा पहिलो सेटमा कर्णालीले उत्कृष्ट सुरुवात गर्दै फराकिलो अग्रता लिएपनि उक्त सेट २५–२३ ले गुमायो । तर त्यसपछिका ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली अपराजित रहेर फाइनल यात्रा तय गर्न सफल रह्यो । काठमाडौं भने फाइनल नजिक पुगेर पनि बन्चित भयो ।

फ्रेन्चाईज लिगको यस खेलमा कर्णालीको ५ खेलमा १३ अंक पुग्यो । दोस्रो स्थानमा ललितपुर क्विन्सले ५ खेलमा १० अंक जोड्यो । काठमाडौं भने ९ अंकसहित तेस्रो स्थानमा रह्यो ।

प्रतियोगिताको फाईनल खेल शनिबार साढे ५ बजे हुनेछ ।