नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भनिए पनि असम्भव देखिएको छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि दिउँसो १ देखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ।
केन्द्रीइ निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बाका अनुसार आज मतदान असम्भव भएको बताएका छन्। उनले अन्तिम नामावली प्रकाशनपछि मेसिनमा नामावली लोड हुन कम्तिमा १६ घण्टा लाग्ने बताउँदै मतदान आज सम्भव नहुने बताए। उनले भोलि बिहानबाट मतदान गर्न सकिने उल्लेख गरे। सुब्बाका अनुसार सहमतीको प्रयास पनि भइरहेको उल्लेख गरे। सुब्बाका अनुसार बुधबार मतदान भए बिहीबार साँझसम्ममा परिणाम सार्वजनिक गरिसक्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया