सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पन्चनमा २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष असिम राई र स्थानीय समाजसेवी तथा निर्माण व्यवसायी बेदराज थापाको निजी आर्थिक सहयोगमा करिब २ सय २० जना नागरिकलाई न्यानो कपडा प्रदान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । चिसो मौसम सुरु भएसँगै लक्षित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शनिबार वडा कार्यालयमा एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो ।
वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दहालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा न्यायो कपडा वितरण गरिएको हो । न्यानो कपडा प्राप्त गरेपछि लक्षित समुहका नागरिक हर्षित हुँदै दातालाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया