एमालेकाे महाधिवेशनमा २१५४ प्रतिनिधि सहभागी हुने

नुतन श्रेष्ठ
0
Shares

नेकपा एमालेको ११ औँ महाधिवेशनमा २१५४ प्रतिनिधि सहभागी हुने भएका छन्।

प्रतिनिधि व्यवस्थापन समितिको आज बसेको बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको टुङ्गो लगाएको केन्द्रीय संगठन विभागको प्रमुखको काशीनाथ अधिकारीले बताए।

उनका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी २१५४ जना प्रतिनिधि रहनेछन्।

केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यहरूको पनि महाधिवेशनमा सहभागिता रहनेछ । एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ ।