एन्फा महिला लिगको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न भएका छन् । पुलिस सहित एपिएफ, त्रिभुवन आर्मी, वालिङ नगरपालिका र कोशी प्रदेशले लिगको दोस्रो चरणमा स्थान बनाएका छन् ।
दोस्रो चरणमा सहभागी पाँच टोलीबीच डबल राउन्ड रोविन लिगमा समूह चरणका खेल हुनेछन् । दोस्रो चरणको खेल तालिका भने सार्वजनिक भएको छैन ।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको दोश्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २–१ को जित निकाल्यो ।
प्रतिक्रिया