चलचित्र ‘अभिमन्यु’ आजबाट प्रदर्शन


चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । सार्वजनिक बिदाको अवसर पारेर आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।  

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’मा मुकेश खनालको लेखन छ । 

चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् । अतिथि भूमिकामा रेखा थापा छिन् । 

‘अभिमन्यु’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । चलचित्रमा शरद महतो डीओपी छ ।