सहयोगी हातहरुको समूह (सहास) नेपालले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा शिक्षा परियोजना सञ्चालन गर्ने भएको छ । पेज वानले गरेको संभाव्यता अध्ययनका आधारमा सहासले थुलुङ दुधकोशी गाउँपालिकामा उक्त परियोजना सञ्चालन गर्ने भएको हो ।
शुक्रबार गाउँपालिकामा प्रस्तुत गरिएको उक्त अध्ययन प्रतिवेदनमा सुझाव संकलन गर्ने कार्य समेत सम्पन्न भएको छ । उक्त प्रतिवेदनमा गाउँपालिका भित्रको शिक्षाको वर्तमान अवस्था, चुनौती, समस्या भएका सकारात्मक कार्य सहित आगामी दिनमा गर्नुपर्ने कार्यक्रम समेटिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले साझा प्रेसलाई जानकारी दिए ।
पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिका उपाध्यक्ष सविता राई सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखा, सहास नेपालका कर्मचारी सहित सरोकारवालाको उपस्थिति थियो ।
अध्यक्ष राईले पालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै पालिकाले शैक्षिक अभिवृद्धिका लागि लिएको उदेश्य पूरा गर्न सहास नेपालको कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
आफुहरु निर्वाचित भएदेखिनै शैक्षिक सुधारका लागि शैक्षिक सम्मेलन देखि १६ बुदे श्वेतपत्र जारी गर्ने लगायतको कयौं काम गरिएको अध्यक्ष राईको भनाई छ ।
प्रतिक्रिया