फेरि सर्‍यो कांग्रेस बैठक


शुक्रबार बस्ने तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। यसअघि पटकपटक सरेको बैठक शुक्रबार बस्नेगरी तय भएको थियो।

तर बैठक पुनः सरेर अब आइतबार बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार आइतबार दिउँसो दुई बजे बस्नेगरी बैठक तय गरिएको छ।