नेकपा एमालेले आफ्नो युवा संगठन अन्तर्गत गठन गरिएको ‘युथ भोलेन्टियर फोर्स’ (YVF) को केन्द्रीय कमाण्ड सार्वजनिक गरेको छ ।
काठमाडौंको माइतीघरस्थित कार्की ब्यान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्ड घोषणा गरे।घोषित कमाण्डमा पुष्पराज श्रेष्ठलाई केन्द्रीय कमाण्ड प्रमुख का रूपमा जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।
कार्यक्रममा युवालाई संगठनात्मक रूपमा परिचालन गर्दै सामाजिक सेवा, विपद् व्यवस्थापन र सुव्यवस्थित राजनीतिक गतिविधिमा सक्रिय बनाउने उद्देश्य प्रस्तुत गरिएको थियो ।
एमाले नेतृत्वले YVF लाई भविष्यमा देशव्यापी संरचनामा विस्तार गर्ने तयारी समेत गरेको बताइएको छ।

प्रतिक्रिया