अक्टोवर ४ मा विश्वभरी २ वटा दिवस मनाईदै आएको छ । आज एकैपटक मुस्कान दिवस तथा पशु दिवस मनाईदै छ ।
विश्वमा पशु दिवस सन् १९२९ बाट औपचारीक रुपमा मनाउन थालिएको थियो । सन् १९२५ मा जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले प्रथम पटक जनावरलाई सम्मान प्रदान गर्ने उद्धेश्य सहित यो दिवसको शुरुवात गरेका थिए ।
यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसीको जन्मदिन पनि पर्न जाने तथा ११ औं शताब्दीवाट अहिलेसम्म पर्यावरण र जनावर मैत्रि समाजका प्रवर्तक र प्रचारक का रुपमा उनलाई चिनिन्छ ।
यस बर्ष “The world is their home too” रहेको छ । वनजंगल र जिवीकोपार्जनलाई केन्द्रमा राखेर पुशहरुको सुरक्षालाई यस वर्ष विशेष ध्यानमा राखिएको छ ।
मुस्कान दिवस
“do an act of kindness, help one person smile” भन्ने नाराका साथ मुस्का दिवस पनि मनाइदै छ । सन् १९९९ देखि मुस्कान दिवसलाई पनि औपचारिक ढङ्गबाट मनाउन थालिएको हो ।
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्वतिर केन्द्रित हुन पुग्यो । सन् २००१ मा हार्वे बलको निधन भए पश्चात उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ ले आजको दिनलाई विशेष कार्यक्रमहरू आयोजना गर्दै मुस्कान दिवस मनाउने गर्दछ ।
अक्टोबर महिनाको पहिलो शुक्रवार मनाइने विश्व मुस्कान दिवसको अनेक शुभकामना छ ।
सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !
प्रतिक्रिया