नेकपा (एमाले) ले आज र भोलि ( मंसिर ५ ,६) काठमाडौँमा दुई वृहत् कार्यक्रमको आयोजना गर्दैछ । आज बिहान ११ बजे एमालेको नेसनल भोलिन्टियर फोर्सले कार्की ब्यांक्वेट, बबरमहलमा एक विशेष कार्यक्रम गर्दैछ ।
यसअघि, फोर्सका सदस्यहरू बबरमहलमा भेला भई माइतीघर हुँदै पुनः बबरमहल र त्यहाँबाट बानेश्वरसम्म र्याली गर्ने कार्यक्रम तय भएको छ । यस कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहनेछन् ।
एमालेले यस कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ । यद्यपि, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार कार्यक्रमका लागि निवेदन प्राप्त भए पनि सोबारेको अनुमति अझै विचाराधीन अवस्थामै छ । प्रशासनको निर्णयले कार्यक्रमको स्वरूप र व्यवस्थापनमा केही फेरबदल आउन सक्ने सम्भावना छ ।
यसैगरी, यही शनिबार एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया