दक्षिणी ताइवानको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । ताईवानका स्थानीय सञ्चारमाध्यमका अनुसार स्थानीय समय अनुसार ०९ः४० बजे पिङटुङ काउन्टी अस्पतालमा आगलागी भएको थियो ।
ओसिलो मौषम तथा र हावाका कारण आगो नियन्त्रणमा निकै जटिल बनेको स्थानियले जानकारी दिए । आगलागि नियन्त्रणमा लिन करिब ३ घण्टा लागेको थियो । सो आगलागि विद्युतीय त्रुटिका कारण भएको हुन सक्ने रिपोर्टरहरुले बताएका छन् ।
तस्बिरहरूले अस्पतालको एउटा भवनबाट बाक्लो खैरो धुवाँ निस्किरहेको देखाएको छ किनभने आगो बलिरहेको थियो।
करिब ३०० बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालियो भने केहीलाई नजिकैको व्यावसायिक प्रतिष्ठानमा राखिएको छ ।
आगलागि नियन्त्रणका लागि सैनिकहरुले अग्नि नियन्त्रकहरूलाई मद्दत गरेका थिए ।
प्रतिक्रिया