सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स भिड्दै छन्।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबिच खेल हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।
जारी प्रतियोगितामा दुवै टोलीको दोस्रो खेल हो।
पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो।
सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। रोयल्स पहिलो सिजनको एनपिएलको उपविजेता हो।

प्रतिक्रिया