नेपालले अब तेश्रो मुलुकलाई समेत बिद्युत उपलब्ध गराउने भएको छ । आज नेपाल र बंगलादेशबिच बिद्युत बिक्री सम्झौता सम्पन्न भएसँगै तेश्रो मुलुकमा बिद्युत निर्यात गर्ने बाटो खुलेको हो ।
बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ । एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो ।
यससँगै नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ । नेपालले विद्युत् बिक्री गर्ने, भारतले प्रसारण लाइन उपलब्ध गराउनु पर्ने र बंगलादेशले खरिद गर्ने गरी तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया