व्यतेप्कु ख्याःल् म्योलतम समाजले सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–२, ठुलोढुङ्गा, सोलुखुम्बुमा निर्माण गरिएको सामुदायिक भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

‘एकता, समुदाय र संस्कृतिको विकास’ भन्ने नारासहित समाजले स्थापना गरेको उक्त भवनको माप्यदुधकोशी गाउँपालिका, सोलुखुम्बुका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरेका हुन् । सो भवन माप्यदुधकोशी गाउँपालिका तथा एन्टन थालर अष्ट्रियाको आर्थिक सहयोग तथा ग्रीन हिमालय प्रतिष्ठानको समन्वयमा निर्माण भएको हो ।
भवनको उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष राईले यस भवनले आगामी दिनमा स्थानिय समुदायको बिभिन्न आवश्यक्तामा सहयोगी भुमिका खेल्ने बताए । उनले भने, ‘जुन उद्धेश्यले भवनलाई बहुउद्धेश्यिय बनाईएको छ, सोही ढंगबाट उपयोग गर्दै यसको संरक्षण गर्न समुदायका हरेक व्यक्तिले जिम्मेवारी बहन गर्नुपर्छ ।’
अध्यक्ष राईले भवनको निर्माणले स्थानीय एकता, सांस्कृतिक संरक्षण र सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

समाजले लामो समयदेखि स्थानीय संस्कृति, भाषा र परम्पराको संरक्षणमा सक्रिय भूमिका खेल्दै आएको छ । नयाँ सामुदायिक भवनले उक्त अभियानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष गौरव खालिङ, सहयोगी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय अगुवा लगायतकोसहभागिता रहेको थियो ।

प्रतिक्रिया