नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेकपा (माओवादी केन्द्र) सँग हुन लागेको मर्जर प्रक्रियामा आफू सहभागी नहुने स्पष्ट पारेकी छन् ।
उनका अनुसार पार्टीभित्र बहुमतले माओवादी केन्द्रसँग मर्जर गर्ने निर्णय गरे पनि सो प्रक्रिया वाम एकताको होइन, सिधै एक दलमा विलय गर्ने दिशामा रहेको कारण आफू र केही नेताहरू उक्त प्रक्रियामा समावेश नहुने छन् । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले ठूलो संख्यामा नेता–कार्यकर्ताहरू यस निर्णयप्रति असन्तुष्ट रहेको बताइन् ।
उनका अनुसार प्रस्तावित मर्जरले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्ति बलियो बनाउने खतरा छ । “एमाले लगायत अन्य वाम शक्तिहरूसँग संवाद नगरी सिधै माओवादीसँग मर्जर गर्ने तयारी भएको छ, जसले समस्या समाधान होइन, अझ जटिलता निम्त्याउँछ,” झाँक्रीले भनिन्।
उनले वाम आन्दोलनलाई बलियो बनाउने उद्देश्यभन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हावी भएको आरोप लगाउँदै यस्तो प्रक्रियामा आफूहरू सहभागी नहुने स्पष्ट धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया