सोलुखुम्बु एमालेले बोलायो विस्तारित बैठक

साझा प्रेस
850
Shares

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको नवौं पूर्ण तथा विस्तारित बैठक आगामी कार्तिक २० र २१ गते (बिहीबार र शुक्रबार) का लागि आव्हान गरेको छ ।

मदन भण्डारी स्मृति हल, आबाडाडा मा हुने बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज कमरेड शेरधन राई प्रमुख अतिथिको रुपमा रहने छन्। त्यससँगै केन्द्र तथा प्रदेश कमिटीका नेता कमरेडहरू समेतको उपस्थिति रहने जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले बताए।

अध्यक्ष बास्तोलाका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थिती, पार्टी केन्द्रीय कमिटीका निर्णयहरूबारे जानकारी आदानप्रदान, मतदाता र कार्यकर्ताको बुझाइको समिक्षा, र त्यसको निष्कर्षका आधारमा आगामी योजना निर्माण गरिने बताइएको छ।

बैठकमा जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, कोशी प्रदेश कमिटीका सचिवालय तथा सदस्यहरू, केन्द्र र प्रदेश कमिटीका विभागीय तथा सल्लाहकार परिषदका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सल्लाहकार परिषद, लेखा परीक्षण कमिटीका पदाधिकारी तथा सदस्यहरू, पालिका कमिटीका पदाधिकारीहरू, जनसंगठनका जिल्ला तथा प्रदेश प्रतिनिधि, निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरू, जेष्ठ कम्युनिस्ट मञ्च प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू, वडा कमिटीका अध्यक्षहरू सहभागी हुनेछन् ।