नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहबीच स्वास्थ्यमन्त्रीमा नियुक्त डा सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । तर अझै क्याविनेटले पूर्णता पाउन भने सकेको छैन ।
अन्तरिम प्रधानमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्ति गर्न तयार गरेपनि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनार र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ विवादमा मुछिएपछि केही बेरअघि सूचीबाट नाम हटाएर २ जनालाई मात्र शपथ गराइएको हो ।
योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।

प्रतिक्रिया